• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • विकास र समृद्धिको एजेन्डा पूरा नगरी भाग्ने छुट कसैलाई छैन, नेता शर्मा

    विकास र समृद्धिको एजेन्डा पूरा नगरी भाग्ने छुट कसैलाई छैन, नेता शर्मा

    पूर्व अर्थ मन्त्री जनार्दन शर्माले अहिलेको  नयाँ वर्ष चुनौतीपूर्ण वर्ष रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको   भित्ते पात्रो  विमोचन कार्यक्रममा शर्माले विकास र समृद्धिको चाहना पूरा नभएकै कारण नेताहरूप्रति प्रश्नहरू आइरहेको बताउँदै नयाँ वर्ष २०८० लाई चुनौती र अवसरका रूपमा लिनुपर्ने बताए ।

    विकास र समृद्धिको एजेन्डा पूरा नगरी भाग्ने छुट दल र नेताहरूलाई नरहेको उनको भनाइ थियो ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव  शर्माले वर्तमान सरकार सामु संविधान कार्यान्वयन गरेर जनताको आकाङ्क्षा पूरा गर्नुपर्ने दायित्व रहेको पनि बताए ।

    उनले  सबै राजनीतिक दलहरुबीच मुद्धाहरुमा सहमति गरेर संविधानको मर्म र भावना अनुसार अगाडि बढनुपर्नेमा जोड दिए । उनले संविधान रक्षाकै लागि वर्तमान गठबन्धन बनेको बताउँदै सरकारले नागरिकको अपेक्षा अनुसार संविधान कार्यान्वयन गर्नुपर्ने  बताए  ।

    शर्माले सरकारले न्यूनतम साझा कार्यक्रममा समेत नागरिकको अपेक्षा अनुसार विकास र समृद्धिको मुद्दालाई कार्यान्वयन गर्ने जानकारी दिए  । ‘संविधानको रक्षा गर्दै शान्ति प्रक्रियाका कामहरू अगाडि बढाउनुपर्नेछ’ उनले भने ।

    मन्त्री शमीले सामाजिक रूपान्तरण, सामाजिक न्याय, विकास, सुशासन र आर्थिक विकास सम्बोधन गर्दै संविधान कार्यान्वयन नै अहिलेको सरकारको प्राथमिकतामा रहेकोमा जोड दिए । अहिले मुलुकमा देखिएको आर्थिक सङ्कटसँग जुध्न उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

    राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा भन्दा पनि अब सिङ्गो देश र जनतालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुको विकल्प नभएको पूर्व अर्थमन्त्री शर्माको भनाई छ । ‘के कारणले अर्थतन्त्र कमजोर भयो भन्ने कुरा सबैलाई छर्लङ्ग भइसकेको विषय हो’ शर्माले भने  –‘अब उत्पादनसँग जनतालाई जोड्ने गरी योजना लागू गर्नुपर्छ ।’

    उनले देशको आर्थिक सङ्कट समाधानका लागि मल कारखाना उत्पादन गर्नुपर्नेमा जोड दिए  ।  आफूहरू प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको बताउँदै नेता शर्माले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै गर्दा श्रमजीवी पत्रकारहरूको पेसागत हकलाई समेत सुनिश्चित गर्नेतर्फ पत्रकारहरूको ध्यान जानुपर्ने औँल्याए  ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र २६, आईतवार ०४:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP