• २०८१ माघ १० | Thu, 23 Jan 2025
  • भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउँदै

    भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउँदै

    भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल आउने भएको छ । नीति अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित अन्तराष्ट्रिय गोष्ठीमा भाग लिनका लागि उनी भदौँ १२ गते नेपाल आउन लागेका हुन् । भदौँ १० गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछ भने त्यसलाई समापन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले गर्ने बताइएको छ ।

    समापन समारोहमा विशिष्ट अतिथिको रुपमा विदेश प्रमुख चौथाइवाले आउन लागेका हुन् । उद्घाटन सत्र एलिस पार्टी प्यालेसमा हुनेछ भने त्यसको समापन पशुपति धर्मशालामा हुने बताइएको छ । भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले विगत केही समयदेखि नेपालका राजनीतिक दलसँग सम्बन्ध बनाउँदै आएका छन् । भाजपाको निमन्त्रणमा काँग्रेस र माओवादी केन्द्रले भारतको भ्रमण गरिसकेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २५, बुधबार ०८:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP