• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • मार्सल आर्ट्सका विश्व च्याम्पियनलाई प्रहरीले हाने गोली

    मार्सल आर्ट्सका विश्व च्याम्पियनलाई प्रहरीले हाने गोली

    ब्राजिलको जियू–जित्सु च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी लिआन्ड्रो लोलाई साओ पाउलोको नाइट क्लबमा गोली हानिएको छ । जियू–जित्सू एक ब्राजिलियन मार्शल आर्ट र कम्ब्याट स्पोर्ट हुन् जो ग्राउन्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।

    ३३ वर्षीय लिआन्ड्रो लोमाथि गोली प्रहार हुँदा उनी नाइट क्लबमा थिए । प्रारम्भिक जानकारी अनुसार अफ ड्युटी प्रहरी अधिकारीले उनीमाथि गोली चलाएका थिए । गोली हानेलगत्तै देखि उनी फरार छन् ।

    आक्रमण लगत्तै लुलाई अस्पतालमा भर्ना गरियो, जहाँ डाक्टरले उनको ब्रेन-डेड घोषणा गरेका छन् । लो जिउ जित्सु एथलीट च्याम्पियनसिपको अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी रहँदै आएका छन् । उनी आठ पटक विश्व च्याम्पियनसिपका विजेता बनिसकेका छन् ।

    प्रहरी रिपोर्टका अनुसार अफ ड्युटी प्रहरी अधिकारीहरूले एउटा सिसाको बोतल लिएर मानिसहरूलाई तर्साउन खोजिरहेका थिए । यसैबीच लो उनी भएठाउँ पुगेको र उनले ती प्रहरी अधिकारीलाई त्यहाँबाट जान भनेका थिए ।

    यसैबीच प्रहरी अधिकारीले आफ्नो बन्दुक निकालेर लुको निधारमा प्रहार गरे । प्रहरीका अनुसार ज्यान मार्ने उद्योग मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २३, सोमबार ०५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP