• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • बङ्गलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ प्रभावित

    बङ्गलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ प्रभावित

    बङ्गलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका बताइएको छ ।  आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएका अधिकारीले बुधबार जानकारी दिएका छन् । उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए । यसपछि सो आँधीबाट ज्यान जानेको सङ्खया २८ पुगेको बताइएको छ ।

    बङ्गलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ । तर वैज्ञानिकले जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ ।  सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यस लगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।

    अधिकारीले यस शक्तिशाली आँधी आउनुअघि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा पु¥याउन सफल भएको बताएका थिए । सो आँधीको गति ८० किलोमिटर (५५ माइल) प्रति घण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक ९, बुधबार १०:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP