हिजाब नलगाई एसियाली क्लाइम्बिङ प्रतियोगितामा भाग लिएकी इरानकी महिला एथलीट एलनाज रेकाबी बेपत्ता भएकी छिन् । बीबीसी पर्शियनलाई प्राप्त जानकारी अनुसार एलनाज सोमबार रातिदेखि आफ्ना साथीहरूसँग सम्पर्कमा नरहेको पाइएको छ ।
एलनाज एसियाली क्लाइमबिङ प्रतियोगितामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल पुगेकी थिइन् । प्रतियोगिता अक्टोबर १६ मा भएको थियो । एलनाज इरानको प्रतिनिधित्व गर्दै थिइन् । खेलकुद प्रतियोगितामा पनि इरानी महिलाहरूलाई हिजाब अनिवार्य छ । तर इरानमा विगत एक महिनादेखि हिजाबको विरोधमा मानिसहरूले प्रदर्शन गर्दै आएका छन् ।
बीबीसी फारसीले इरानको टोली बसेको सियोलको होटलमा पनि सम्पर्क गर्यो तर टोलीका सबै सदस्य सोमबार बिहानै होटलबाट निस्किएको बताइएको छ । रेकाबीको राहदानी र मोबाइल फोन जफत गरिएको एक स्रोतले बीबीसीलाई बताएको छ । योजना अनुसार इरानको टोली बुधबार स्वदेश फर्किने छ ।
इरानले यो समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
Hybrid #terrorist of proscribed #terror outfit LeT Imran Bashir Ganie of Harmen #Shopian who lobbed grenade #arrested by Shopian police. Further #investigation and raids are going on: ADGP Kashmir@JmuKmrPolice https://t.co/nP8xixR8GG
— Kashmir Zone Police (@KashmirPolice) October 17, 2022
प्रतियोगितामा एलनाज रेकाबीले चौथो स्थान हासिल गरिन् । तर, उनी टाउको नछोपी प्रतियोगितामा प्रवेश गरेकी थिइन्, जसका तस्विरहरु सामाजिक सञ्जालमा निकै शेयर भएका थिए । एक विश्वसनीय स्रोतले बीबीसी फारसीलाई रेकाबी टोलीका अन्य सदस्यहरूसँग इरान प्रस्थान गरेको हुनसक्ने बताएको छ।
बीबीसी फारसीले एलनाज रेकाबीको बारेमा थप जानकारी सङ्कलन गर्ने प्रयास गर्यो । तर, इरानी अधिकारीहरूले रेकाबी बिना हिजाब प्रतियोगितामा भाग लिएको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
प्रतिक्रिया