• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • कानपुरमा भयानक ट्याक्टर दुर्घटना, २६ जनाको मृत्यु

    कानपुरमा भयानक ट्याक्टर दुर्घटना, २६ जनाको मृत्यु

    एजेन्सी, असोज १६ गते । उत्तर प्रदेशको कानपुरमा ट्रयाक्टर पल्टिँदा २६ जनाको ज्यान गएको छ । कैयौँ घाइते भएका छन् । शनिबार राति घाटमपुर क्षेत्रमा श्रद्धालु बोकेको ट्रयाक्टरको ट्रली गाउँ नजिकै पानीले भरिएको सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

    कानपुर जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरका अनुसार मृतकमा १४ महिला र बाँकी बालबालिका रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार ट्रयाक्टर ट्रली पल्टिएर सडकको छेउमा पानी भरिएको खाल्डोमा खसेको थियो ।

    यद्यपि दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ । समाचार एजेन्सी पीटीआईका अनुसार उक्त ट्र्याक्टर ट्रलीमा करिब ५० जना सवार थिए । उनीहरू फतेहपुरको चन्द्रिका देवी मन्दिरमा मुन्डन कार्यक्रममा सहभागी भई घाटमपुर फर्किएका थिए । एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै पीटीआईले कम्तीमा १२ जनाको घटनास्थलमै मृत्यु भएको बताएको छ।

    राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् । शोकाकुल परिवारप्रति आफ्नो संवेदनासाथ रहेको बताएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन १६, आईतवार ०४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP