• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

    लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

    काठमाडौं – नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर कम्युनिस्टहरुको वाम गठबन्धन बनाएपछि कांग्रेससहितका दलहरु नयाँ समीकरणको कसरतमा जुटेका हुन्।

    कम्युनिस्टहरुले मुलुकको लोकतान्त्रिक प्रणालीलाई नै समस्यामा पार्ने भन्दै नेपाली कांग्रेससहितका लोकतान्त्रिक दलहरुले नयाँ समीकरणका लागि छलफल थालेका हुन्।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी लगायतका चार दलले मन्त्रिमण्डल भागबण्डा टुंग्याएलगत्तै कांग्रेसको नेतृत्वमा छलफल थालिएको हो।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खढ्कासहित नेताहरु शेखर कोइराला, महामन्त्री गगन थापा, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले लोकतान्त्रिक गठबन्धनका लागि बुधबार छलफल थालेका हुन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्दरुक अनलाईन    
  • २०८० फाल्गुन २३, बुधबार १६:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP