• २०८१ फाल्गुन ७ | Wed, 19 Feb 2025
  • पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्ध मुद्दा

    पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्ध मुद्दा

    जनकपुरधाम । सुन्सरीबाट पक्राउ परेका विवास्पद धर्म गुरु श्रीनिवास आचार्यमाथि धनुषामा सार्वजनिक शान्तिविरुको कसुर मुद्दा चलाइएको छ । बुधबार साँझ जनकपुरधाम ल्याइएको उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा उनीमाथि सार्वजनिक शान्तिविरुको कसुर मुद्दा दर्ता गरिएको हो ।

    बुधबारदेखि लागु हुने गरी उनीमाथि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

    असोज १२ गते जनकपुरधाममा भएको गौहत्याको विरुद्धको जुलुसको कोणसभामा उनले खुकुरी देखाउँदै गौहत्या गर्नेलाई खुकुरीले छप्काइदेउ भन्ने उत्तेजक अभिव्यक्ति दिएको आरोपमा सुन्सरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको हो ।

    जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि ल्याइएको प्रहरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्दरुक अनलाईन    
  • २०८० आश्विन १८, बिहीबार १२:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP