• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • लागूऔषध सहित २ जना प्रहरीकाे नियन्त्रणमा

    लागूऔषध सहित  २ जना  प्रहरीकाे नियन्त्रणमा

    रामशंकर भण्डारी / बलान विहुल

    इलाका प्रहरी कार्यालय कडोरबनाका प्रहरी निरीक्षक सुरेन्द्र यादव नेतृत्वको टोलीले बलान विहुल गाउँपालिका-२ चन्ही चाैकबाट ३५२५ थान एम्पुल लागूऔषध नियन्त्रणमा लिएको हो ।

    बरामद भएको लागूऔषधमा डाइजेपाम ११७५ थान एम्पुल, फेनारगन ११७५ थान र वुप्रेन ११७५ थान एम्पुल जम्मा गरि ३५२५ थान एम्पुल रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले नियमित चेक जाँच गर्ने कर्ममा बेल्ही नाकाबाट चन्हीतर्फ आइरहेका बेला स १ ह ३६८६ नम्बरको टेम्पो लाई रोकी जाँच गर्दा दुई वटा बोरामा रहेको चामलको बीचमा छवटा प्लास्टिकको झोलामा उक्त परिमाणमा लागूऔषध फेला परेको हो ।

    प्रहरीले लागूऔषधसहित टेम्पो चालक राजेन्द्र रामलाई चेकजाँच कर्म मै नियन्त्रणमा लिएका थिए र हरिहर यादवलाई संकाकाे अधारमा नियन्त्रणमा लिएको छ ।

    टेम्पो चालक राजेन्द्र राम र हरिहर यादबलाई अहिले ईलाका प्रहरी कार्यालय कडरबाेनामा राखी थप अनुसंधान भईरहेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्दरुक अनलाईन    
  • २०८० भाद्र ३०, शनिबार १४:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP