• २०८१ फाल्गुन ७ | Wed, 19 Feb 2025
  • कालोसूचीमा परेको चिनियाँ कम्पनीबाट सेनाले हतियार किन्न खोजेको प्रकरणः हिमालयन बैंकले एलसी खोल्न मानेन

    कालोसूचीमा परेको चिनियाँ कम्पनीबाट सेनाले हतियार किन्न खोजेको प्रकरणः हिमालयन बैंकले एलसी खोल्न मानेन

    काठमाडौं । हिमालयन बैंकले हतियार खरिदमा एलसी खोल्न अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँ बराबरको सैनिक सामग्री खरिद गर्न नेपाली सेनाले प्रतितपत्र (एलसी) खोल्न लाग्दा बैंकले अस्वीकार गरेको हो ।

    कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट सेनाले हतियार खरिद गर्न खोजेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो ।

    चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) बाट ६ अर्ब रूपैयाँबराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिदका लागि एलसी खोल्न यही जेठ ३ गते नेपाली सेनाका अधिकारी सो बैंकमा पुगेका थिए । नोरिन्कोलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको थाहा पाएपछि हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो ।

    चिनियाँ कम्पनी नोरिन्कोबाट यसअघि बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्ड र पाकिस्तानले खरिद गरेका हतियार कमसल भएको पुष्टी भएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्दरुक अनलाईन    
  • २०८० जेष्ठ १३, शनिबार ०९:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP