• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन

    नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन

    प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा  सिंहदरबारमा बैठक बसेको बैठकले विना निष्कर्ष सकिएको हो ।

    राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार आजको बैठकमा कुनै सहमति नजुटेको र अर्को बैठक बसेर यसबारे निर्णय लिने सहमति भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०८० बैशाख ६, बुधबार ०४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP