• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • कोशी नामकरण विवाद चैत ५ घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने

    कोशी नामकरण विवाद चैत ५ घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने

    कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

    कोशी प्रदेश नामाकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेको र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ ।

    कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बू लाजेहाङको शुक्रबार बिहान मृत्यु भएको छ ।

    सम्बन्धित समाचार

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र ११, शनिबार ०९:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP