• २०८१ फाल्गुन ७ | Wed, 19 Feb 2025
  • दुई महिनामै विश्वासको मत लिने परिस्थितिमा हामी खुसी हुन सक्दैनौं, सिके राउत

    दुई महिनामै विश्वासको मत लिने परिस्थितिमा हामी खुसी हुन सक्दैनौं, सिके राउत

    जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई महिनामै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने परिस्थितिमा खुसी हुन सकिने बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले भने, ‘दुई महिनामा विश्वासको मत लिने परिस्थितिदेशको स्थिरताका लागि यो राम्रो होइन । यस्तो परिस्थिति पटक पटक नआओस् । यो अवसरमा हामी खुसी हुन सक्दैनौं ।’

    सिद्धान्त नमिलेका दलहरु एक ठाउँमा आइदिँदा यो परिस्थिति सिर्जना भएको उनको भनाइ छ । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई पुनः विश्वासको मत दिने बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि हामीले पहिले पनि सम्माननीय प्रधानमन्त्रीजीलाई विश्वासको मत दिएका थियौं । आज पनि हाम्रो जनमत पार्टीले लोकतन्त्र, संघीयता र गणतन्त्रको रक्षाका लागि सम्माननीय प्रधानमन्त्रीजीलाई विश्वासको मत दिनेछ ।’

    आफूले जन्माएको बच्चाप्रति बाआमाको ठूलो प्रेम हुन्छ भन्दै संघीयता, गणतन्त्रको रक्षा गर्न प्रधानमन्त्री प्रचण्ड सधैं लाग्ने राउतको विश्वास छ । उनले भने, ‘एक दुई वटा विषयमा हाम्रो असहमति भएपनि गठबन्धन छाडिहाल्नुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी छैन । हाम्रो पार्टी देश र शासनको स्थायित्वको पक्षमा छ ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र ६, सोमबार १२:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP