• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • विराटनगरमा भएको विरोध प्रदर्शनमा दुई प्रहरीसहित केही प्रदर्शनकारी घाइते

    विराटनगरमा भएको विरोध प्रदर्शनमा दुई प्रहरीसहित केही प्रदर्शनकारी घाइते

    प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा आइतबार विराटनगरमा भएको प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिएका छन् । निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो ।

    त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजीसमेत गरेका छन् । उनीहरुले प्रहरीमाथिसमेत ढुंगामुढा गरेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोड शेषमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

    जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र ५, आईतवार ११:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP