• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुङ्गिएको छैन, कांग्रेस नेता केसी

    कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषय टुङ्गिएको छैन, कांग्रेस नेता केसी

    नेपाली कांग्रेसका नेता तथा  पूर्व मन्त्री अर्जुन नरसिंह केसीले  नेपाली  कांग्रेस कसको नेतृत्वमा सरकारमा  जान्छ भन्ने विषय टुङ्गो नलागेको बताएका छन् ।  आज नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा  बोल्दै  नेता केसीले  कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टी भित्र छलफलै नभएको बताए ।

    उनले प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत प्राप्त गरेपछि को कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय  हुने पनि खुलाए । केसीले गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरु ल्याउनुपर्ने बताए । अहिले मुख्य लडाई भनेको मुलुकमा गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्ट्राचारको समस्या रहेकोले त्यस विरुद्ध लड्न सबै एक हुनुपर्ने बताए ।

    अहिले देखिएको बैङ्किङ ब्याजदर, लघुवित्त समस्या समाधानमा सरकारको ध्यान जानु पर्ने पनि उनले बताए । उनले देशमा आर्थिक अवस्था निकै कमजोर भएकोले चालु खर्च घटाउन सबैको ध्यान जानु पर्ने बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र ४, शनिबार १०:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP