• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थीसंघका दुई समूहबीच झडप

    त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थीसंघका दुई समूहबीच झडप

    त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच झडप भएको छ । चैत ५ मा हुने स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा बसेको बैठक संस्थापन र इतरपक्षबीच झपड भएको हो । झपडमा परी नेविसंघका निवर्तमान केन्द्रीय कोषाध्यक्ष शिव रिमाल गम्भीर घाइते भएका छन् ।

    उम्मेदवार छनौट गर्ने विषयमा अध्यक्ष दुजाङ शेर्पाले गुण्डा पठाएर आफुहरूमाथि आक्रमण गरेको उनीहरूको भनाई छ । इतरपक्षका नेताहरूले अध्यक्ष भएर त्यस्तो कार्य गर्नु खेदजनक भएको उनीहरूको भनाई छ ।

    त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका विभिन्न समूह सक्रिय थिए । त्यसपछि नेविसंघ केन्द्रीय कार्यालयले नेविसंघको कुनै पनि आधिकारिक समूह नरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए । प्रतिनिधिमार्फत नेविसंघका गतिविधिहरू सञ्चालन हुने बताएका थिए । सोही आधारमा त्रिविमा नेविसंघले केन्द्रीय प्रतिनिधि खटाएर आफ्ना गतिविधि गर्दै आएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन १८, बिहीबार १२:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP