• २०८१ माघ १० | Thu, 23 Jan 2025
  • उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको स्पीडमा गाडी-बाइक गुडाउन नपाइने

    उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको स्पीडमा गाडी-बाइक गुडाउन नपाइने

    काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी-कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै कोटेश्‍वर-भक्तपुर सडक खण्डमा पनि प्रति घन्टा ५० किलोमिटर गति तोकिएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सिमा तोकी सोही स्थानमा गति सिमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन ११, बिहीबार ११:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP