• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • बालाजु क्षेत्रको आन्दोलन उग्र बन्दै, प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाए

    बालाजु क्षेत्रको आन्दोलन उग्र बन्दै, प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाए

    राजधानीको बालाजु क्षेत्रको प्रदर्शन उग्र बनेको छ । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् । यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडप उग्र बन्दै गएको हो ।

    प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ  ।  काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन १, सोमबार १२:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP