• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • वैदेशिक रोजगारीमा श्रीमान गुमाएकी नुरजहा खातुनलाई सन नेपाल लहानद्वारा १४ लाखको सहयोग

    वैदेशिक रोजगारीमा श्रीमान गुमाएकी नुरजहा खातुनलाई सन नेपाल लहानद्वारा १४ लाखको सहयोग

    सिरहा,२ भदौ। वैदेशिक रोजगारमा श्रीमान गुमाएकी नुरजहा खातुनलाई सन नेपाल लहानद्वारा १४ लाख भुक्तानी । श्रीमान गुमाएकी नुरजाहालाई सन नेपाल लाईफ इन्स्योरेन्सका लहान शखाका प्रबन्धकद्वारा १४ लाख सहयोग । पीडित महिलालाई सन नेपाल इन्स्योरेन्स लहान शखाद्वारा १४ लाख भुक्तानी

    महेश सिंह सिरहा लहान १ भदौ – वैदेशिक रोजगारमा कतार पुगेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर ५ खउरकीयाही बस्ने मोहम्मद रहिद मियाँ र सकिला खातुनका करिब ३८ वर्षिय छोरा मो.सहिदुल मियाँलाई २०७९- बैशाख ४ गते कतार मै मृत्यु भएको थियो।

    मृतकको श्रीमतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित लाई बोलाएर क्रिया खर्च सहित १४ लाखाको माछापुच्छ्रे बैंकको चेक पीडित खातुनलाई दिएका हुन्।

    मृतक मियाँ निरन्तर २० बर्ष देखि वैदेशिक रोजगारमा काम गर्दै आएका थिए।उनी छुट्टीमा घर आएर देश फर्केको ७ महिना नबितदै एक जना नेपाली युवाले सोही कम्पनीमा काम गर्ने युवाले सौच गर्न निसकेका मो. सहिदुल मियाँलाई पेटमा छुरा प्रहार गरेर घम्भिर घाइते बनाएका थिए।

    घाइते मियाँलाई एक श्रीमती र दुई छोरा र १ छोरी रहेका छन्। मियाँलाई उपचारकै क्रममा कतारमै मृत्युु भएको परिवारजनले बताए। वैदेशिक रोजगार बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाका प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती नुरजहाँ खातुनलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २, बिहीबार ०४:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP