• २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • वैदेशिक रोजगार विभागका नायव सुब्बा पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा

    वैदेशिक रोजगार विभागका नायव सुब्बा पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध ३० हजार घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

    अख्तियारका प्रवक्ता भोला दाहालले वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सञ्चालन गर्ने बहानामा सेवाग्राहीसँग ३० हजार घुस लिएको पाइएकाले पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए ।

    पाण्डेलाई ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यसअघि नै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले पाण्डेलाई ३० हजार बिगो कायम गरी विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र ८, बुधबार १०:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP