• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • नेपाली श्रमिकको गुनासो सुन्न सभामुख दूतावासमा

    नेपाली श्रमिकको गुनासो सुन्न सभामुख दूतावासमा

    अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् ।

    मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझेका हुन् । अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको लगायतका जानकारी गराएका थिए ।

    भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौँमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए ।सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिएका थिए ।

    कार्यक्रममा नेताहरु रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरिया लगायत उपस्थित थिए । ६ दिने भ्रमण सकेर सभामुख नेतृत्वको ९ सदस्यीय प्रतिनिधि मण्डल बिहीबार स्वदेश फर्कंदैछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन ३०, मंगलवार १२:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP