• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • ४.५९ अंकले घट्यो सेयर बजार, ५ अर्बभन्दा बढीको कारोबार

    ४.५९ अंकले घट्यो सेयर बजार, ५ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । आइतबार सेयर बजार ४.५९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले घटेर बन्द भयो । यो ०.२२ प्रतिशतको गिरावट हो ।

    ०.२२ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०७३ विन्दुमा आएर रोकिएको छ । यसक्रममा आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य भने स्थिर छ ।

    Shivam Cement

    आइतबार परिसूचक घटेको दिन पनि ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसले आइतबार नेप्सेमा देखिएको ‘सेल प्रेसर’ झल्काउँछ । परिसूचक सामान्य अंकले घटेपनि ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।

    Nabil bank

    इस्टर्न हाइड्रोपावर, शुभव पावर, सिटी होटल र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यसपछि भगवती हाइड्रोपावर डेभलपमेन्ट र सामलिङ पावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

    यसक्रममा ५ वटा समूहको सूचक बढेको छ । होटल र टुरिजम, हाइड्रोपावर, लगानी, उत्पादनमूलक र अन्य समूहको सूचक बढेको हो । यसबाहेक सबैजसो समूहमा गिरावट आएको छ ।

    NCHIL
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०८१ जेष्ठ २७, आईतवार १३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP