• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • ‘विराटनगर विमानस्थलबाट बरामद गरेको २० तोला सुन वैधानिक’

    ‘विराटनगर विमानस्थलबाट बरामद गरेको २० तोला सुन वैधानिक’

    विराटनगर : विराटनगर विमानस्थलबाट प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको सुनका गरगहना वैधानिक रहेको पाइएको छ ।

    विराटनगर विमानस्थल हुँदै यति एयरलाइन्सको जहाजमार्फत काठमाडौं जान लागेका सुनसरी इटहरीका कुलबहादुर सुनुवारलाई २० तोला सुनका गहनासहित प्रहरीले नियन्त्रणमा लिएको थियो । सुनका गरगहना वैधानिक रहेको प्रमाणित भएपछि सुनुवारलाई प्रहरीले छाडिदिएको छ । गहना पनि उनैलाई जिम्मा लगाएको छ ।

    शंकास्पद हिसाबले काठमाडौं लैजान लागिएको आशंकामा प्रहरीले सुनका गहनासहित सुनुवारलाई नियन्त्रणमा लिएको थियो । बैंकबाट खरिद गरेको बिल र निकासीका लागि सम्बन्धित निकायबाट अनुमति लिएको कागजपत्र पेश गरेपछि उनलाई छाडिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

    ‘शंका लागेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियौं, ‘उनले भने, ‘सुनसँग सम्बन्धित कागजात चुस्तदुरुस्त रहेको पाइएपछि छाडिएको छ ।’  बिललगायतका कागजात अध्ययन गरेपछि सुन वैधानिक रहेको पुष्टि भएको श्रेष्ठको भनाइ छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण १७, मंगलवार ११:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP