१७ साउन, काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार एक सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको मूल्य ९५ हजार ४ सय र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ थियो । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २२० रुपैयाँमा तोकिएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमै कारोबार भएको थियो ।
प्रतिक्रिया