• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • ११ हजारबाट सुरु गरेको मन्थली बचतको पूँजी सवा अर्ब

    ११ हजारबाट सुरु गरेको मन्थली बचतको पूँजी सवा अर्ब

    रामेछाप । करिब २५ वर्ष अघि स्थापना भएको रामेछापको पुरानो सहाकारी संस्था मन्थली बचत तथा ॠण सहकारी संथाले आफ्नो कुल पूँजी सवा अर्ब पुर्‍याएको छ । शनिबार सदरमुकाम मन्थलीमा आफ्नो २५ औँ स्थापना दिवस तथा साधारण सभाको आयोजना गर्दै संस्थाले आफ्नो आयव्यय सार्वजनिक गरेको हो ।

    संथका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले मन्थली बचतलाई विभिन्न महामारी र प्रकोपले वित्तीय सुचांकलाई आगामी दिनमा सुधार गर्दै लैजाने बताए । घिमिरेले साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मन्थली बचतलाई एसियायी स्तरको गुणस्तरीय सहकारी संस्थाको रुपमा स्थापित गर्न निरन्तर काम भइरहेको बताए । २५ वर्ष अघि ११ जना कर्मचारी तथा सदस्यबाट ११ हजार रुपैयाँले सुरु भएको मन्थली बचतको अहिले १ अरब २५ करोड पूँजी छ ।

    १५ हजारभन्दा बढी सदस्य रहेको संस्थाका जिल्लाभर ५ सेवा केन्द्र छन् भने यो वर्ष संस्थाले ५६ लाख भन्दा बढी मुनाफा कमाएको कोषाध्यक्ष टीकाप्रसाद भट्टद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ मंसिर १७, शनिबार ०८:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP