• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • युद्धमा पिल्सिएको युक्रेनका कविहरुको आवाज

    युद्धमा पिल्सिएको युक्रेनका कविहरुको आवाज

    युक्रेन अहिले युद्धग्रस्त छ । रुसी आक्रमणको प्रतिकारमा उभिएको छ । विश्वको ध्यान युक्रेनमा छ । सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहेकी युक्रेनको किभकी कवयित्री ल्युद्मिला डियाडच्यान्कोलाई सोधें, ‘के छ त्यहाँको अवस्था ?’

    उनको उत्तर थियो, ‘गोविन्द हामी टिकेका छौं । दुर्भाग्यवस, रसियाले हरेक दिन विभिन्न सहरमा मिसाइलले आक्रमण गर्छ । मैले केही लेख्न सकेकी छैन ।’

    हुन पनि युद्धको विभिषिका र विभत्सताका बीच लेख्न सक्ने मानसिकता सबैको कहाँ हुन्छ र । तर यो विषम परिस्थितिमा पनि युक्रेनका कवि लेखकहरु युद्धको विपक्षमा डटेका छन्, बोलेर, लेखेर, सामाजिक सञ्जालमा आक्रोश पोखेर । विविध किसिमले ।

    युक्रेनको एक युद्धग्रस्त सहर किभका कवि भिचेस्लाभ कोनोभल लेख्छन्-

    हरेक फूलको कुनामा संसारको

    सूर्यका योध्दाहरू अमर रहुन्

    सत्यको शक्तिलेतिनीहरूले ग्रेनाइट उठाउँछन्,

    दक्ष सिपाहीहरु हो,  हतियार कुनै रमाइलो कुरो होइन ।

    अर्का कवि वोरिस खेर्सोन्स्की लेख्छन्-

    युद्धको समय आएको छजमिनबाट खरानीको मुस्लो उठ्छ

    हामीलाई शान्ति दिनुहोस्हामी अनन्त आगोले तृप्त छौं

    तिनीहरू भन्छन् हामी फेरि युद्ध सुरु गर्दैछौं ।

    गोविन्द गिरी प्रेरणा

    युद्ध सुरु भएपछि एक लडाकु युक्रेनी सिपाही भाइसेवावाले आफ्नी छोरीको चिट्ठीको जवाफमा लेखेको यो मार्मिक कविता एक हप्तामै १० भाषामा अनुवाद भएर विश्वव्यापी ध्यान तान्न सफल भएको थियो । उनका कविताका सुरुवाती पंक्ति यस्ता थिए :

    मलाई युद्धको बारेमा नलेख

    मात्र जवाफ देऊ के नजिकै फूलबारी छ रु

    के घाँसमा चिप्लेकीरा घस्रिएको सुन्छौ

    के झ्याउँकिरीहरु गाउँदैछन्अनि फट्याङ्ग्राहरु उफ्रिंदैछन् ?

    फेब्रुअरीमा युद्ध सुरु भएपछि विस्थापित युक्रेनीहरुको बारेमा भिक्टोर कोरोभ्कोले बयान गरेको यो अंशले कुन मानव हृदय नरोला रु उनी बयान गर्छन्:

    मैले आज पलान्कामा दश किलोमिटर लामो लाइन र करिब पाँच सयदेखि ६ सय मानिस पैदल हिंडिरहेको देखें । आमाहरु बच्चाहरुसँग छन् । हिउँ परिरहेको छ । केही बच्चाहरु रोइरहेका छन्अरुसँग भने गम्भीर पुरुषहरुको दृष्टि छ ।

    खार्किभकी लेखिका अनास्ताशिया आफानास्लिभाको युद्ध अनुभव यस्तो छ :

    युद्धको मेरो अनुभवबाट मैले जानें किविपत्ति आउँदा हामी कत्तिको एकताबध्दखुलानिष्पक्षउदार र दयालु हुन सक्षम भयौं ।

    यी सब अनुभव र अनुभूतिले युक्रेनको युद्ध विभिषिकाको सानो दृश्यचित्र महसुस गर्न सकिन्छ । युध्दमा को ठीक को बेठीक, कसले न्याय गर्ने ? तर युध्दले विनाश हुने त मानव जाति हुन् । मानव हुन् । कसैका बाबुआमा हुन् । कसैका छोराछोरी हुन् । युद्धको घाउले दुख्ने, चहर्‍याउने मानिसलाई नै हो ।

    पीडा खप्ने मानिसले नै हो । विस्थापित हुने मानिस नै हुन् । शरणार्थी जीवन बाँच्न विवश मानिस नै हुन् । भत्किने घर तिनै मानिस बस्ने बास हुन् । पहिलो विश्वयुद्धले विश्व आक्रान्त बन्यो । दोस्रो विश्वयुद्धले झन् घाइते भयो । ती युध्दमा मरेका पनि मानिस नै हुन् । मनुष्य जाति हुन् । निहत्था अन्य प्राणी पनि त विनाश भएकै हुन् ।

    अब यो युद्धले कति घाइते बनाउने हो ?

    प्रागमा बस्ने लेखिका जो अहिले स्वयं सेविकाको रुपमा काम गर्दैछिन्, शरणार्थीका रुपमा युक्रेनबाट विस्थापितहरुको बारेमा उनी यस्तो धारणा व्यक्त गर्छिन्-

    प्रागमा बसे पनि म आफूलाई ओडेसियाली लेखक मान्छु । मेरो जीवनमा अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्वयंसेवा गर्नु होयुक्रेनी शरणार्थीहरूलाई मद्दत गर्नु । अहिले चेक गणतन्त्रमा युक्रेनबाट तीन लाख शरणार्थीहरू आएका छन् । म रेल स्टेसनबाट तिनलाई समायोजन केन्द्रसम्म ल्याउँछुजहाँ शरणार्थीहरूले आफ्ना कागजातहरू पेस गर्छन् । म युक्रेनभरका सयौं मानिसहरूसँग कुरा गर्छु । शरणार्थीहरूलाई आफूलाई अभिमुखीकरण गर्नबस्ने ठाउँ पत्ता लगाउनकाम गर्न मद्दत चाहिन्छ । धेरै रित्तै भागेर आएका छन् । तिनीहरूमध्ये कति त आफ्नो जीवनमा पहिलो पटक विदेशमा आएका हुन् ।

    कवि अल पान्तेलियत आफ्नो कवितामा लेख्छन्-

    खार्किवबाट भागिरहँदा

    एउटा सानो गाउँ हुँदैम देख्दछु एक स्मारक

    सिपाहीहरुको

    दोस्रो विश्व युद्धको ।

    मानिसहरुलाई विश्वयुद्धको धङधङी अझै छ । कवि लेखकलाई पनि छ । कवि अल पान्तेलियन पनि त्यो धङधङीबाट मुक्त हुन नसकेको यो कविताले दर्शाउँछ ।

    उनी थप लेख्छन्-

    ढलौटको सिपाहीले मलाई हेर्‍यो

    मञ्चबाट

    धेरै नामहरूका साथ

    म पढ्न सक्दिन ती नामहरु

    जुन यो गाउँका मान्छे भन्दा धेरै छन्

    कसरी पढ्नु ती नामहरु म जान्दिन

    म बुझ्नै सक्दिन

    मेरो मातृभाषा ।

    एउटा कविको विवशता, लाचारी छ यसमा र छ दमित आक्रोश । तर कवि हो, आफ्नो अभिव्यक्तिमा ऊ इमान्दार छ । कति कवि, लेखकहरु युद्ध मैदानमा छन् । कति स्वयंसेवक भएका छन् । कोही सहयोगी भएका छन् । कति भाव विह्वल भएर कविताको मूल सुकेको महसुस पनि गर्दैछन् । युद्धको लप्काले, आक्रमणले, विनाशले, विनाशलीलाले ।

    युद्धको लप्काले जब अप्रिल ३ तारेखमा ओडेसालाई छोयो, त्यो दिनको बिहानको अवस्था र आफ्नो मनस्थितिलाई कवि येभ्गेनी गोलुकोब्स्कीले यसरी अभिव्यक्त गरे :

    आजको दिनअप्रिल ३ । ओडेसामा यस युद्धको नयाँ अध्याय सुरु भयो ।

    झण्डै चालीस दिनदेखि हामीले संसारलाई ओडेसामा सबै शान्त छ भनेर बताइरहेका थियौं । कवि र लेखकहरूका लागि प्रशंसित यस युरोपेली सहरको सुन्दरतालाई शत्रुले नष्ट गर्ने आँट गर्दैनन् भनेर हामीले अरूलाई र आफूलाई विश्वास दिलाएका थियौं।

    हामी आफैंमा रोमान्टिक भयौंजबकि हाम्रा शत्रुहरू व्यवहारवादी थिए ।

    अप्रिल ३ गते बिहान पाँच बजे म विस्फोटको आवाजले आत्तिएर बिउँझिएँ । चर्को आवाज । यसको मतलब आक्रमणकारीहरु नजिक थिए । क्षेप्यास्त्रहरूले मेरो सहर नष्ट गर्दै थियो । रुसको भनाइमा मिसाइलहरूले हाम्रा पूर्वाधार नष्ट गर्दै थियो ।

    सहर हामीसँग आबध्द छ । हामीले यसलाई बच्चालाई झैं जोगाउनुपर्छ । एक लेखकले यो काम शब्दले गर्छ । होओडेसाको बारेमा धेरै गीतहरू थिएतर यी चालीस दिनको युद्धमाहामीहरु नयाँ शब्दको निर्माण गर्दैछौंनयाँ संगीतनयाँ स्वरहरू बनाउँदैछौं ।

    युक्रेनमा युद्ध सुरु भएपछि युक्रेनको यो युद्धमाथि १६ युक्रेनी कविहरुका कविताको एक सङ्कलन प्रकाशित भएको छ । ‘वर्डस् फर वरु’ अर्थात् ‘युध्दमाथि शब्दहरु’ नामक यो सङ्ग्रहमा सङ्कलित रुसीभाषी कवि बोरिस खेर्सोन्स्की लेख्छन्-

    मानिसहरूले सहर वरिपरि विस्फोटक बोकेका छन्

    प्लास्टिकको किनमेल गर्ने झोला र सानो सुटकेसमा

    तिनीहरूले ढुङ्गालाई कुल्चिन्छन् हामी तिनीहरूका रहस्यहरू बुझ्दछौं

    केवल एक दिनपछि र त्यसपछि पनि यो तथ्यको पहिचान मात्र हो ।

     

    कति झ्यालहरू चकनाचुर भएकति बार्दलीहरु भत्किए

    कोही मरे वा सबै जीवित छन् र लात मारिरहेका छन्

    केवल डर छ कि सम्भवतस् यो भन्दा शान्त जीवन छैन

    युद्ध हुन्छ र युद्धको नियम क्रूर हुन्छ ।

     

    अथवा सम्भवतः त्यहाँ कुनै कानुनहरू छैनन्

    र विस्फोटनहरू अब सामान्य भएका छन्

    हामी टेबुलबाट नउठेर थर्थराउँदै केही आशा राख्छौं

    शत्रुहरुले हतियार छनोट गर्छन् जसरी खोज्छ चोरले ढोका

    जबकि वास्तवमा ढोका पहिले नै खुला छ ।

    युक्रेनमा युद्ध सुरु भएपछि युक्रेन पेन अर्थात् पेन इन्टरनेसनलको युक्रेन च्याप्टरले कवि, लेखक, दार्शनिकहरुको युध्द विषयक भनाइहरुको एक संकलन प्रकाशित गरेको छ, प्रस्तुत छन्, केही भनाइहरु :

    युद्धले समयको धारणा परिवर्तन गर्छ । तपाईंको जीवन एक दिनएक घण्टाएक मिनेटमा परिवर्तन हुन सक्छ । भोलिसम्म निर्णय गर्न ढिलो हुन सक्छ । तपाईंको सुरक्षा वा जीवन पनि समाप्त हुन सक्छ । तपाईंले रोज्नु भएका विकल्पहरूको सूची हेर्ने अब समय छैन । यी अनुमानै गर्न नसकिने अप्रत्याशित अनुक्रम र खाडलहरू हुन् ।

    ‍(भोलोदिमिर यर्मोलेङ्को (दार्शनिक, लेखक तथा पत्रकार)

    युद्धको मुख्य परिणाम आज स्पष्ट भयोयुक्रेन अन्ततः युक्रेन भयो ।

    (आन्द्रेई ल्यूब्का (कवि, उपन्यासकार तथा अनुवादक)

    संसारको युद्ध चलिरहेको छ प्रेम र घृणाको बीच ।

    ईहोर ईसिचेन्को (युक्रेन पेनका सदस्य)

    आशा पक्कै पनि अन्तिममा मात्र मर्छ । त्यसैले हामी आशा गर्छौं । हामीलाई थाहा छहामी अहिले बलियो भएका छौं । हामी एक हप्ताअघि भन्दा झन् बलियो भएका छौं ।

    (बोरिज खेर्नोसोन्स्की (कवि, प्रचारक तथा अनुवादक)

    संकटमा आत्मबल नै ठूलो हतियार हो । युद्धमा पनि आत्मबल ठूलो हतियार हो । आत्मबलले आत्मरक्षाका लागि उभिन सक्ने बनाउँछ, अघि बढ्न प्रेरित गर्छ । तर विनास त विनासै हो । क्षति त क्षति नै हो । युध्दले दिने विनास जुन भौतिक र मानवीय दुवै हुन्, तिनको कुनै विकल्प छैन । युद्ध जुन पक्षले जिते पनि हारे पनि मान्छेले युध्द हारिरहेको हुन्छ, मानवताले हारिरहेको हुन्छ ।

    विश्वले आशा गरेको छ, युद्धको छिटो अन्त्य होस् । मानवको रक्षा होस् । विनासलीलाको अन्त्य होस् ।

    (लेखमा समावेश कवितांश र विचारहरु विभिन्न अनलाइन सञ्चारमाध्यम र ‘वर्ल्ड लिटरेचर टुडे’को जुलाईअगस्ट २०२२ को अंकबाट लिइएको हो । यसको अनुवाद लेखक गिरीले गरेका हुन् ।)

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक ७, सोमबार ०९:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP