• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • विद्यार्थी नेता आचार्यको उपन्यास ‘छोरी’ सार्वजनिक

    विद्यार्थी नेता आचार्यको उपन्यास ‘छोरी’ सार्वजनिक

    काठमाडौं । विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ काठमाडौंमा विमोचन गरिएको छ ।

    लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको छोरी ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले विमोचन गरेका हुन् ।

    विमोचन समारोहमा मन्त्री भुसालले समाजमा अझै पनि नारीमाथि हुने विभेद कायम रहेको भन्दै राजनीति र सहित्यको माध्यमबाट यसरी नै विषय उठान गर्दै विभेद अन्त्यका लागि भूमिका खेल्नुपर्ने धारणा राखे ।

    सन्तोष परियार र विमला तुम्खेवाले विमोचित पुस्तकमाथि टिप्पणी गरेका थिए । लेखक आचार्य अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष हुन् । आचार्यको यो पहिलो कृति हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २३, सोमबार ०५:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP