काठमाडौं । कवि तथा गीतकार डा. ऋषि बस्ताकोटीको मुक्तक संग्रह ‘विसंगत बस्ती’को अमेरिकाको नर्थ क्यारोलिनाको केरीमा विमोचन गरिएको छ ।
भानु जयन्तीको अवसरमा आयोजित साहित्यिक कार्यक्रममा मुक्तक संग्रह विमोचन गरिएको हो । नर्थ क्यारोलिना नेपाली साहित्य समाजका सल्लाहकारहरू ई. ईश्वर देवकोटा, डा. नारायण राजभण्डारी, नगेन्द्र न्यौपाने, नर्थ क्यारोलिना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाईं, नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अध्यक्ष आरपी पौडेल र मुक्तककार बस्ताकोटी स्वयंले सामूहिक रूपमा मुक्तक संग्रहको विमोचन गरेका हुन् ।
विमोचन समारोहमा देवकोटाले बस्ताकोटीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गरे । साहित्यकार नम्रता गुरागाईंले विमोचित पुस्तकको समीक्षा गरिन् । डा. बस्ताकोटीको दोस्रो साहित्यिक कृति ‘विसंगत बस्ती’ बीएन पुस्तक संसारले बजारमा ल्याएको हो ।
प्रतिक्रिया