• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • पद्मश्री पुरस्कारको प्रतिस्पर्धाका लागि छानिए उत्कृष्ट पाँच पुस्तक

    पद्मश्री पुरस्कारको प्रतिस्पर्धाका लागि छानिए उत्कृष्ट पाँच पुस्तक

    काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक भएको छ ।

    संक्षिप्त सूचीमा डा. नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय परेका छन् । यी पाँचमध्येबाट उत्कृष्ट कृति पद्मश्री पुरस्कारका लागि छनोट गरिने खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि क्रमशः तीन चरणमा कृतिहरू सिफारिस गर्न खुल्ला स्वतन्त्र निर्णायक समिति गठन गरेको थियो । २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट समितिले सिफारिस गरेका १५ वटा कृतिहरूको विस्तारित सूची गत असार १५ गते सार्वजनिक भएको थियो । उक्त विस्तारित सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्यांकन गरी पाँचवटा कृतिहरूलाई संक्षिप्त सूचीमा राखेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानले जानकारी दिएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २३, सोमबार ०५:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP