• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

    बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

    लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिम खेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो ।

    सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा  एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिम खेतमा सडकमा राखिएका दुई एक्साभेटर बाढीमा डुबेका छन् ।

    यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पुर्याएको छ । गए राति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ । बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अहिले उक्त ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले पुर्याएको क्षतिका बारेमा एकिन हुन नसकेको बताउनुभयो । “निरन्तर वर्षा हुँदा बाढी आउने क्रम जारी छ”, उनले भने । हेलम्बु–५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिम छ । गए राति पहिराले भोटेचौर–काउले सडकसमेत अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २१, शनिबार ०६:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP