• २०८१ माघ २ | Wed, 15 Jan 2025
  • नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक बस्दै, सुरुमा ८ सय ५० जना जाने

    नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक बस्दै, सुरुमा ८ सय ५० जना जाने

    जापानी  भाषा र सीप परिक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुंगो लगाउन संयुक्त समितिको बैठक आज बस्दैछ ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेल र जापान सरकारकातर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो ।

    बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी भाषा र सीप परीक्षामा उत्तीर्णलाई सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै विहिबार संयुक्त बैठक बस्ने जानकारी दिएको थियो । सो प्रणाली अन्तर्गत कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटेल तथा रेष्टुरेन्ट, पर्यटन, निमार्ण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परीक्षा उत्तीर्ण भएका नेपालीले काम गर्ने अवसर पाउनेछन् ।

    दक्षिण कोरिया पछि सुरक्षित र आर्कषक आम्दानी हुने देशमा पर्ने भएकाले पहिलो पाँच वर्षमा ४५ हजार १ सय ५० नेपाली श्रमिकलाई जापान लैजाने दुवै देशका बीचमा अनौपचारिक सहमति भएको थियो । गत ११ चैत २०७५ मा उच्च सीपयुक्त कामदार अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीको अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकार बिच श्रम समझदारीमा हस्ताक्षर भएको हो ।

    कोरोना महामारीका कारण झन्डै ३ वर्ष अड्किएको सो प्रक्रिया सुरु गर्नका लागि आज नेपाल र जापानबीच संयुक्त बैठक बस्न लागेको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण १९, बिहीबार ०४:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP