• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • कोशी प्रदेशका मुख्यमन्त्री चढेको गाडीमा आक्रमण [ तस्बिरहरु ]

    कोशी प्रदेशका मुख्यमन्त्री चढेको गाडीमा आक्रमण [ तस्बिरहरु ]

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ । प्रदेशको पुनः नामकरण गर्नुपर्ने माग राख्दै आएको संघर्ष समितिका कार्यकर्ताले मुख्यमन्त्री सवार गाडीमा आक्रमण गरे पनि मुख्यमन्त्री कार्की भने सुरक्षित छन् ।

    विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार मुख्यमन्त्री कार्की ओखलढुङ्गा पुगेका थिए । आइतबार एक कार्यक्रममा उनले प्रदेशसभाका ९० प्रतिशत सांसदको समर्थनमा कोशी नामकरण भएको भन्दै अब त्यसबारे कुनै छलफलसमेत नहुने बताएका थिए ।

    सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्ज्याङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताले कडा सुरक्षासहित गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई रोकेर आक्रमणको प्रयास गरेका हुन् ।

    उनीहरुले मुख्यमन्त्री चढेको गाडीको झण्डा समेत निकालेर फालेका छन् । कार्कीविरुद्ध चर्को नाराबाजी गर्दै गाडीमा आक्रमण गरे पनि प्रहरीले स्कटिङ गर्दै उनलाई त्यहाँबाट अगाडि बढाएको थियो ।

    विराटनगरमा आइतबार पहिचानवादीहरुले विशाल प्रदर्शन गरेका थिए । त्यसक्रममा जिल्ला प्रशासन कार्यालय मोरङले उक्त प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरेको क्षेत्रमा समेत प्रवेश गरेर प्रदर्शनकारीले मुख्यमन्त्री कार्कीको पुत्ला जलाएका थिए ।

    त्यसक्रममा प्रहरीले चार राउण्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा परी २ जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका थिए ।

    1234567891011

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र ६, सोमबार ११:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP