• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • सांसदको आँखामा निर्वाचन क्षेत्र विद्यार्थीलाई १५ रुपैयाँको दिवा खाजा !

    सांसदको आँखामा निर्वाचन क्षेत्र विद्यार्थीलाई १५ रुपैयाँको दिवा खाजा !

    सांसदहरूले चुनाव जितेपछि सम्बन्धित निर्वाचन क्षेत्रमा सितिमिति खुट्टा टेक्दैनन्। जिल्लाका राजनीतिक गतिविधिबाहेक त्यहाँका बासिन्दाले भोग्दै आएका समस्याबारे त सांसदहरूले सोधिखोजी गर्ने विरलै घटना छन् । अझ भनौँ, फरक जिल्लाबाट सांसदमा जितेर आएपछि काठमाडौँलाई नै कर्मथलोको बनाउने धेरै सांसदहरू छन्।

    चितवन जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव जितेका सांसद हरि ढकाल अहिले आफूलाई अलि फरक अभ्यासमा लगिरहेका छन्। उनी जिल्लाको दुर्गम गाउँ पुगेर त्यहाँका सर्वसाधारणका समस्याबारे बुझ्दै छन्।

    राष्ट्रिय स्वतन्त्र पाटीका सांसद ढकाल गत बुधबार र बिहीबार राप्ति नगरपालिका वडा नम्बर १३ स्थित कान्दा पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गरे। चितवनबाट चुनाव जितेर हालसम्म पनि कोही सांसदको पाइला नपरेको कान्दा गाउँमा ढकाल पुग्दा स्थानीयले उनलाई घेरेका थिए । राप्ति गाउँपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का विकट गाउँको सेरोफेरो बुझ्न ढकाल अब नियमित अवलोकनमा निस्कने बताउँछन्।

    IMG-20230318-WA0030

    चार घण्टा हिँडेर कालिटार आधारभूत विद्यालयमा अनुगमन गर्दा विद्यार्थीलाई विद्यालय व्यवस्थापनले एक मुठ्ठी चिउरा र भुजिया मात्रै दिएको पाए । उनले यो खाजाले विद्यार्थीको स्वास्थ्यसँगै अन्य पौष्टिक आहार नपुग्ने देखेपछि खाजामा सुधार गर्न विद्यालय व्यवस्थापनलाई निर्देशन दिए।

    सरकारले कोभिडपछि ६ कक्षासम्मका सरकारी विद्यालयका विद्यार्थीलाई दिवा खाजाबापत जनही १५ रुपैयाँको दरले वितरण गर्दै आएको छ । स्थानी तहबाट विद्यालयमा जाने यो बजेटले हालको महँगीलाई थेग्न नसके पनि धेरै विद्यार्थी भएका विद्यालयमा भने यो रकम प्रभावकारी हुने सांसद ढकाल बताउँछन्।

    IMG-20230318-WA0035

    चितवनको कर्णाली भनेर चिनिने कान्दा, कालिटारमा हालसम्म पनि कोही सांसद नपुगेको दाबी ढकालको छ। उनले भने,‘ म आफू चर्चित हुन यस्तो काम गरेको होइन। मैले जितेको निर्वाचन क्षेत्रमा म गएर अनुगमन गर्नुपर्छ भन्ने उद्देश्यले पुगेको हुँ। त्यहाँ विद्यार्थीहरूलाई दिने दिवा खाजामा विद्यालय व्यवस्थापनले अनियमितता गरेको देखिएपछि त्यसलाई सुधार्न भनेको छु।’

    ढकालका अनुसार प्राय सीमान्तकृत चेपाङ जाती मात्रै बासथलो रहेको कान्दामा अहिले पनि बिजुली छैन। खाने पानी लिन सर्वसाधारण तीन घण्टा हिँड्नुपर्छ। हरेक सांसदले आफ्नो निर्वाचन क्षेत्र अवलोकन गरुन् र त्यहाँको वस्तुस्थितिसँगै समस्याबारे जानकारी लिनुपर्ने सुझाव ढकालको छ।‘ कान्दामा बिजुली बत्ती नपुगेको थाहा पाएपछि मैले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि यसबारे अवगत गराएपछि अहिले धमाधम बिजुलीको पोल गाड्ने काम भएको छ।’

    IMG-20230318-WA0041

    प्रतिनिधिसभा सांसदले जिल्लामा संघीय संसद्को कार्यालय खोल्नेमा ढकाल पहिलो सांसद हुन्। उनले त्यहाँ तीन जना स्टाफ राखेर जनताको गुनासो सुनिरहेका छन्। ‘ म आउनै पर्ने भयो भने मात्रै काठमाडौँ आउँछु, नत्र निर्वाचन क्षेत्रमै सीमित रहेर जिल्लाको समस्या र गुनासो सम्बोधन गर्ने काम गर्छु,’ ढकालले भने,‘ अब अरू सांसदहरूले पनि केन्द्रीकृत मानसिकता त्यागेर दुरदराजका समस्या सुन्ने र समाधान गर्ने बाटोमा जानुपर्छ।’

    ढकालका अनुसार राप्ती नगरपालिकको भण्डाराबाट उत्तरतर्फ खुलेको सडकले कालिटार भन्दा केही किलोमिटरमाथि याङ्कीडाँडासम्म बाटोको ट्रयाक पुगेको छ। तर, सवारीसाधन कालिटार भन्दा माथि पुग्दैन। उनले विकास सहरकेन्द्रीत मात्रै हुँदा गाउँको जनजीविका कष्टकर बन्दै गएको बताए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र ४, शनिबार १०:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP