• २०८१ चैत्र १२ | Tue, 25 Mar 2025
  • एमसीसीद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्ति सुरु

    एमसीसीद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्ति सुरु

    नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको छ । यी तीन जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्न सूचना प्रकाशित गरिएको हो ।

    यसका लागि विभिन्न नगरपालिका र गाउँपालिका र वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६(१) अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको जानकारी दिएको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनको लागि ऐ.दफाको उपदफा २ बमोजिम सूचना जारी भएको तीन दिनपछि प्राविधिक सहितको टोली खटी आउने जानकारी दिएको छ ।

    यही सन्दर्भमा सोही ऐनको दफा १३ अनुसार धादिङ, पाल्पा र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाई जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय भएको पनि जानकारी सूचनामा दिइएको छ ।

    2223331111

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन २३, मंगलवार ०४:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP