• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • राजनीतिक अस्थिरता कांग्रेसका लागि प्रत्युत्पादक हुने एमाले अध्यक्षको चेतावनी

    राजनीतिक अस्थिरता कांग्रेसका लागि प्रत्युत्पादक हुने एमाले अध्यक्षको चेतावनी

     नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको राजनीतितर्फ लागे नेपाली कांग्रेसलाई प्रत्युत्पादक हुने चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ‌ओलीले कांग्रेसलाई प्रतिपक्षको परिचय सकस भएको बताए । उनले संसद्‌मा कांग्रेले प्रदर्शन गरेको व्यवहार लोकतन्त्र अनुकुल नभएको बताएका छन् ।

    ‘कांग्रेसलाई प्रतिपक्षीको परिचयले सकस परेको छ । तर बाध्यताले प्रतिपक्षमा बस्नु परेको छ,’ ओलीले भने, ‘यतिबेला कांग्रेस पानी बिनाको माछोजस्तै छटपटाएको देखिन्छ । सत्ता बाहिर कांग्रेसले आफ्नो अस्तित्व आफैंले विश्वास गर्न नसक्ने अवस्थामा छ । सत्ता बाहिर हुँदा सत्तामा बिग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग निकै छ ।’

    अध्यक्ष ओलीले बृहत् राष्ट्रिय हितमा काम गर्नका लागि आह्वान समेत गरे । ‘राजनीतिक स्थायित्वका लागि योगदान गरौं । अनिश्चय र अस्थिरताको बिउ स्वयमका लागि प्रत्युपादक हुन सक्छ भन्ने बुझौं,’ ओलीले भने, ‘कम्तीमा २०५२, २०५८ र २०७ सालको अनुभवहरु छन् । राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैलाई फाइदा हुँदैन ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ माघ २२, आईतवार १३:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP