• २०८१ फाल्गुन ७ | Wed, 19 Feb 2025
  • उमेश श्रेष्ठको पाँच पन्ने निवेदन, रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्

    उमेश श्रेष्ठको पाँच पन्ने निवेदन, रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्

    कांग्रेसकातर्फबाट चितवन २ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका उमेश श्रेष्ठले रवि लामिछानेको पद गएसँगै आफूलाई विजेता घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार श्रेष्ठले आयोग पुगेर यस्तो निवेदन दिएका हुन् ।

    श्रेष्ठको निवेदनमा लामिछाने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्न नै अयोग्य भएको सर्वोच्चको आदेश भएकाले उनलाई निर्वाचन प्रयोजनका लागि उम्मेदवार, सांसद, मन्त्री वा उपप्रधानमन्त्री मान्न वा ठान्न नसकिने उल्लेख गरिएको छ ।

    त्यस्तो व्यक्तिले निर्वाचनमा प्राप्त गरेको मत पनि मान्न नसकिने भएकाले निर्वाचन जितेको ठान्न नसकिने उल्लेख गरिएको छ । यस्तो अवस्थामा रवि लामिछाने बाहेकका उम्मेदवारका बीचमा मात्रै प्रतिस्पर्धा भएको कानुनी अवस्थालाई इन्कार गर्न नसकिने पत्रमा उल्लेख छ ।

    पाँच पन्ने निवेदनमा भनिएको छ, ‘तसर्थ, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४ अनुसार सबैभन्दा बढी मत प्राप्त गरेको म निवेदक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रष्टै छ । तसर्थ उक्त दफा ४ बमोजिम चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट म निवेदक निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र समेत पाउन भनी श्रीमानसमक्ष सादर निवेदन गर्दछु ।’

    के छ श्रेष्ठको निवेदनमा ?

    12345

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ माघ २२, आईतवार १३:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP