• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुई पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयका दुई पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिन एवम् परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरुविरुद्ध प्रश्नपत्रको गोपनीयता भङ्ग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अख्तियारले आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको उनीहरुमाथि आरोप लगाएको छ ।

    साथै उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय गर्न अख्तियारले मागदावी गरेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २८, सोमबार ११:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP