• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • सप्तरी क्षेत्र नं.२(क) को स्वतन्त्र उमेदवार राजेश बिद्रोहीको समाजमा जताततै चर्चा

    सप्तरी क्षेत्र नं.२(क) को स्वतन्त्र उमेदवार राजेश बिद्रोहीको समाजमा जताततै चर्चा

    सप्तरी । सप्तरी ४(क) का स्वतन्त्र युवा उमेदवार राजेश विद्रोहीको चुनावी प्रभाव बढ्दै गएको छ । स्वच्छ, इमानदार र सहि राजनीतिक भिजनका धनी राजेश विद्रोहीको राजनीतिक आन्दोलनमा लामो त्याग तपस्या रहेको कारण यतिबेला सप्तरीमा विद्रोहीको चर्चा बढेको छ ।

    विद्रोहीको प्रचारात्मक प्रभाव निरन्तर जारी छ । गाउँघरमा घरदैलोमा रहेका विद्रोहीलाई यतिबेला हरेक समुदायको समर्थन भेटिरहेको छ । देशमा स्वतन्त्र युवा उमेदवारको खोजी जनताले गरिरहेकोबेला राजेश विद्रोही सप्तरीको नमुना उमेदवारको रुपमा यतिबेला चर्चामा छन् । ठाउँठाउँमा विद्रोहीलाई भोट दिने सर्वसाधारण जनताले बताएका छन् ।

    सप्तरी सुरुंगा नपाका १ का विष्णु बुढाथोकीका अनुसार स्वतन्त्र उमेदवारको रुपमा रहेका विद्रोहीको पानीको धारा छाप जित्ने सम्भावना रहेको बताए । त्यस्तै खड्क ७ का हासिम मियँका अनुसा राजेश विद्रोहीलाई यसपटक हामीसबैले बहुमतको साथ जिताउने बताए । रामकन्त चौधरीका अनुसार, विद्रोहीको धारा छाप यतिबेला सबैतिर चर्चाको विषय मात्र नभएर राम्रो युवा, सक्षम उमेदवारको रुपमा केही गर्न सक्ने उमेदवारको रुपमा लिएको बताए ।

    रामनारायण साह बताउँछन्, राजेश विद्रोही जनयुद्धदेखी जनआन्दोलन र गरिब दिनदुखी सबैको दुखमा साथ दिने राजेश विद्रोहीलाई जसरी पनि हामी भोट हालेर जिताउने बताए । सबै समुदायमा राम्रो पकड र विश्वास जमाएको राजेश विद्रोही सप्तरी ४ (क) मा स्वतन्त्र उमेदवारको रुपमा जनताले जिताउने भित्री सर्कुलर रहेको अनुसन्धानले बताएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ कार्तिक २५, शुक्रबार १५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP