• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • सर्वोच्च खुला, तर बन्दी प्रत्यक्षीकरणको रिट नै आएन

    सर्वोच्च खुला, तर बन्दी प्रत्यक्षीकरणको रिट नै आएन

    बन्दी प्रत्यक्षीकरण लगायतको मुद्दा हेर्नुपर्ने भन्दै दसैँ बिदामा समेत सर्वोच्च खुले पनि बन्दीको रिट भने करिब करिब शून्य रहेको छ । सर्वोच्च अदालतमा असोज १४ र १६ गते बन्दी प्रत्यक्षीकरणको एउटा पनि रिट आएको छैन ।

    असोज ९ गते नियमितरुपमा अदालत खुली असोज १० गतेबाट बिदा भएको भए पनि शनिवारबाहेक सर्वोच्च अदालत खुला नै छ । तर बन्दी प्रत्यक्षीकरणको रिटका लागि असोज ११ गते योगेन्द्र तामाङको तर्फबाट रिट आए पनि त्यसपछि कुनै रिट आएको छैन । असोज ११ गतेको पेशीमा योगेन्द्र तामाङको तर्फबाट निजकी श्रीमती सुनाम तामाङ मोक्तानले रिट ल्याएकी थिइन् । उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले जिल्ला प्रहरी परिसर टेकुका नाममा कारण देखाऊ आदेश जारी गरेका थिए ।

    जिल्ला प्रहरी परिसर टेकुबाट जवाफ आएपछि असोज १३ गतेको पेशीमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईले रिट खारेज गर्दै थुनामुक्त गर्नु नपर्ने आदेश दिएका थिए । त्यसपछि असोज १४ र असोज १६ गतेको पेशीमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छैन ।

    सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार अहिले बन्दी प्रत्यक्षीकरणको रिट नै नआएको कारण पेशीमा नचढेको हो । रिट दर्ता भएको अवस्थामा भने दर्ता भएको भोलिपल्ट पेशीमा चढेर सुनुवाइ हुनेछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन १६, आईतवार ०९:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP