• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • संघीय संरचना अनुरुप अपेक्षित विकास हुन सकेन [ राज्यमन्त्री श्रेष्ठ ]

    संघीय संरचना अनुरुप अपेक्षित विकास हुन सकेन [ राज्यमन्त्री श्रेष्ठ ]

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले संघीय संरचना अनुरुप अपेक्षित विकास हुन नसकेको बताएका छन् । आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    राज्यमन्त्री श्रेष्ठले अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धि ल्याउन नसकिने जिकिर गरे । उनले विश्वमा द्वन्द्वपछि मुलुकमा विकास भएको उदाहरण रहेपनि नेपालमा भने त्यो हुन नसकेको बताए ।   उनले कतिपय नीतिहरु संघीय संरचनाअनुरुप परिवर्तन गरेर जान नसक्दा धेरै समस्याहरु आएको बताए । उनले आउने निर्वाचित सरकारले नीतिहरु परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव रहेको बताए ।

    उनले देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो हुने बताए । मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत, वनजंगल र जडिबुटीहरूलाई कसरी प्रोत्साहन गर्ने भन्नेकुरा अध्ययन अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायापलट हुने दाबी गरे ।   न्युज एजेन्सी नेपाल

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन ९, आईतवार ११:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP