• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाविरूद्ध उजुरी दिन आह्वान

    सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाविरूद्ध उजुरी दिन आह्वान

    काठमाडौं,२९ भदौ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीन जनाविरूद्ध उजुरी दिन आह्वान गरेको छ। समितिले न्यायाधीशमा सिफारीस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन (दिनानाथ) पराजुलीविरुद्ध उजुरी दिन आह्वान गरेको हो।

    सूचनामा भनिको छ, ‘उक्त पदमा उहाँहरूलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति २०७९ असोज ७ गते कार्यालय समयभित्र यस समिति समक्ष सूचना वा उजुरी दिन सकिने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ। यस्तो सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत जानकारी गराइन्छ।’

    ७७ जिल्लाका सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूले यो सूचनालाई जिल्ला प्रशासन कार्यालय लगायत सम्भव भएसम्म अन्य सरकारी कार्यालय एवं सार्वजनिक स्थलहरूमा टाँस्ने व्यवस्था गरिदिन आग्रह गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २९, बुधबार ०५:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP