• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • जलाशयमा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला

    जलाशयमा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला

    तीन दिन अघि घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल (जलाशय) मा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । घोराही–१७ का ४० वर्षीय अम्मर चौधरीको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए . । सोमबार दिउँसो करिब १२ बजे सो तालमा घोङ्घी खोज्न कुलो हुँदै गएका चौधरी तालमा खसेर बेपत्ता भएका थिए ।

    चौधरी तालमा खसेर डुबेर बेपत्ता भएको भन्ने खबर पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको थियो । आज सशस्त्र प्रहरी बल नेपाल नं २९  ज्वालामाई गण भालवाङका सशस्त्र प्रहरी सहायक कमल रेग्मीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन टोलीले उनको शव फेला पारेको प्रहरीले जनाएको छ । चौधरीको शव ड्याममा रहेको सुकेको रुखको जरासँगै हिलोमा गाडिएको अवस्थामा फेला परेको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र ८, बुधबार ०९:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP