• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • एकैदिन मापसे गरी सवारी चलाउने २०२ जना चालकमाथि कारवाही

    एकैदिन मापसे गरी सवारी चलाउने २०२ जना चालकमाथि कारवाही

    ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६२३ जना सवारी चालकलाई कारवाही गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २०२, लेन अनुशासन पालना नगर्ने ४७, रेड लाइटमा सावरी साधन चलाउने १०५, निषेधित क्षेत्रमा हर्न बजाउने ८७ र नदेखिने गरी नम्वर प्लेट राख्ने २६ जना सवारी चालक रहेका छन् । यस्तै, २ हजार १५६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र ५, आईतवार ०५:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP