• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • धरानका वडाध्यक्षहरूलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छ : हर्क राई

    धरानका वडाध्यक्षहरूलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छ : हर्क राई

    धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् ।

    साथै उनले उपमहानगरको बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने जिकिर गरेका छन् । उनले नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव दिएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु ! म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ !’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०८० बैशाख ६, बुधबार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP