• २०८१ चैत्र १२ | Tue, 25 Mar 2025
  • साउन ३१ गते अनेमसंघले अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भमा ‘राजनीति र युवा महिला’ विषयक राष्ट्रिय स्तरको विचार गोष्ठी गर्ने

    साउन ३१ गते अनेमसंघले अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भमा ‘राजनीति र युवा महिला’ विषयक राष्ट्रिय स्तरको विचार गोष्ठी गर्ने

    साउन ३१ गते  अनेमसंघले अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भमा ‘राजनीति र युवा महिला’ विषयक राष्ट्रिय स्तरको विचार गोष्ठी गर्ने २०७९ साउन २६ गते बिहीवार, अखिल नेपाल महिला संघको केन्द्रीय कार्यालय आलोकनगरमा अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको आयोजनामा हुन गैरहेको अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को सन्दर्भमा २०७९ साउन ३१ गते ‘राजनीति र युवा महिला’ विषयक राष्ट्रिय स्तरको विचार गोष्ठीको तयारीको लागि संघको पदाधिकारीहरू, पूर्व ईन्चार्ज गोमा देवकोटाको विशेष उपस्थितिमा

    उपत्यकाका जिल्ला कमिटीका ईन्चार्जहरू, सम्वन्धित विभागका प्रमुखहरू, केन्द्रीय युवा कमिटीका प्रमुखसहित सदस्यहरू, कार्यालय टिमका सदस्यहरू, लगायत केन्द्रिय सदस्यहरूसहितको उपस्थितिमा छलफल गरी कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउनका लागि योजना समेत बनाएको छ। कार्यक्रम कोटेश्वर चोकनजिकैको ए वन पार्टी प्यालेसमा नेकपा(एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्यमा अन्य वक्ताहरूले सम्वोधन गर्ने कार्यक्रम रहेको कुरा संघका सचिव सुजिता शाक्यले जानकारी गराउनुभएको हो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ श्रावण २६, बिहीबार १६:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP