• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • १४ वर्ष अघिको मुम्बई हमलाको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

    १४ वर्ष अघिको मुम्बई हमलाको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन

    काठमाडौं । १४ वर्ष अघि भएको मुम्बई हमलाको विरोध गर्दै राष्ट्रिय एकता अभियानले शनिवार काठमाण्डौं स्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ।

    अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा भएको प्रदर्शनमा मुम्वईमा भएको आतंकवादी आक्रमणको विरोध गरिएको छ। आजकै दिन भएको आतंकी हमलाको मूल उदेश्य हिन्दू जनतालाई मार्ने रहेकोले सो घटना नेपालको राष्ट्रीय सुरक्षा चुनौती समेत रहेकोले सावधान गराइएको थियो।

    प्रदर्शनका क्रममा ‘जिहादको नाममा हिन्दुलाई मार्ने कार्य वन्द गर, आतंकवादलाई प्रश्रय दिने मुलुक अपारधी हो, विश्व शान्तिको शत्रु पाकिस्तान–होसियार, आतंकी परिचालन वन्द गर, आतंकी अखडा वन्द गर पाकिस्तान, मानवअधिकारको उलंघन वन्द गर, कट्टरपन्थी पाल्ने देश मुर्दावाद, विश्वमा शान्ति कायम गर, विश्वभरका हिन्दु एक हौ’ लगायतका नारा लगाईएको थियो।

    नोभेम्बर २६, २००८ मा लश्कर–ए–तैयबाका दश प्रशिक्षित र भारी सशस्त्र लडाकूहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए। चार दिनसम्मसम्म चलेको हमलामा १६० जनाभन्दा बढी मानिस मारिएका थिए ।

    आक्रमणकारीले मुम्बईका दुई पाँचतारे होटल, अस्पताल, रेलवे स्टेशन र यहुदी केन्द्रलाई निशाना बनाएका थिए।

    मुम्बई प्रहरी र अनुसन्धान अधिकारीहरूका अनुसार आक्रमणकारीहरू दुई समूहमा विभाजित थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ मंसिर १०, शनिबार १५:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP