• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • रौतहट -४ मा उद्धवको पला भारी

    रौतहट -४ मा उद्धवको पला भारी

    रौतहट । आउने मंसिर ४ गते संघिय तथा प्रदेस तर्फको निर्वाचन रहेको छ । रौतहट ४ बाट १८ जनाको उम्मेदवारी परेको छ । १८ जना उम्मेदवारमध्ये १०जना पार्टीबाट उम्मेद्वार रहेक छन् भने ८ जना स्वतन्त्र उम्मेद्वार रहेकाछन्। जसमध्ये३ जना उम्मेद्वारहरू चाहिँ चर्चामा रहेकाछन् ।|
    चर्चामा रहेका उम्मेदवारहरुमा उद्धव रेग्मी नेकपा एमालेबाट रहेको छ भने नेपाली कांग्रेसका नेता देव प्रसाद तिमलसिना ५ दलीय गठबन्धन बाट रहेको छ । यसैगरी कांग्रेसका बागी नेता अजय कुमारले स्वतन्त्र उम्मेद्वारी दिएका छन्। यस अधिको चुनावमा यस क्षेत्रबाट देव प्रसाद तिमलसिना काँग्रेसबाटै जित्नु भएको थियो | अहिलेको माहोल हेर्दा उनले कुनै किसिमको बिकास नगरेको साथै जित हासिल गरे पछि तल्लो क्षेत्र कहिले फर्केर नआएको स्थानीयबासीको व्यापक गुनासो छ | जनताले जिताएर पठाएका नेता पछि बोलाउँदा पनि नआएकाले उनीप्रति जनता निकै आक्रोशित छन् |
    यसैगरी काँग्रेसबाट बागी उम्मेदवार अजय कुमार स्वतन्त्र उठ्दा उनले पनि काँग्रेसकै भोट काट्ने ठहर छ साथै उनले आफ्नो जातीय भोट बढी पाउन सक्ने आँकलन गरिएको छ |
    यसो हुँदा उद्धव रेग्मी पहिला मुखिया हुँदा चंद्रनिगाहपुरलाई नमुना गा.बि.स बनाउन सफल हुनु भएको थियो |यसै क्रममा उनले लोकप्रियता हासिल गर्नु भएको थियो | अहिले उनले संघको चुनावमा उम्मेदवार भएर आउँदा जनता निक्कै हर्षित देखिन्छन् र देव प्रसाद तिमलसिनाको अलोकप्रियता बढेको हुँदा यस क्षेत्रमा उद्धव रेग्मीको जित पक्का हुने देखिन्छ |

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ कार्तिक २१, सोमबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP