• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • यसरी बनाउनुहोस् मुलाको अचार (विधिसहित)

    यसरी बनाउनुहोस् मुलाको अचार (विधिसहित)

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा पर्व मनाइँदैछ। दिदीबहिनीलाई तिहारको चटारोले छोइसकेको छ। यतिबेला कतिपय दिदीबहिनी आफ्ना दाजुभाइका लागि  मसला र उपहार किन्‍नमा व्यस्त छन् भने कोही विभिन्न किसिमका अचार बनाउनमा तल्लिन छन्।

    तिहारमा सेल रोटीको महत्व जत्तिकै अचारको पनि रहन्छ। शाकाहारी दाजुभाइलाई अचार नभए के खुवाउने। उसो त अचारले मांसहारीलाई पनि लोभ्याएकै हुन्छ। तिहारमा सेलरोटी र मासुका परिकारसँगै मुला, काँक्रोको अचारले दाजुभाइलाई सत्कार गर्दाको मज्जा नै बेग्लै हुन्छ।

    उसो त मुलाको अचार अघिपछि पनि त खाएकै हुन्छ। तर तिहारमा सेल रोटी र मासुका परिकारले अमन बनाएको हुन्छ। यस्तो बेला अमिलो र पीरो खान मन लाग्छ। यस्तो बेलामा मुलाको अचार खाँदा स्वास्थ्यका लागि फाइदा नै हुन्छ।

    बनाउन सजिलो र खान स्वादिलो हुने भएकाले मुलाको अचार सबैको रोजाइमा पर्ने गर्छ। मुलाको अचार बनाउन धेरै सामग्रीको आवश्यकता पर्दैन। थोरै समयमा  थोरै सामग्रीबाट पनि स्वादिलो अचार बनाउन सकिन्छ।

    मुलाको अचार बनाउने विधि

    आवश्यक सामग्री

    – दुईवटा मुला

    – आधा चम्चा रातो खुर्सानीको धूलो

    – आचा चम्चा बेसार

    – थोरै हिङ

    – आधा चम्चा अजवाइन

    – आधा चम्चा मेथी

    – एक ठूलो चम्चा रायोको दाना

    – एक ठूलो चम्चा सौप

    –  १/२ चम्चा नुन

    – आवश्यकताअनुसार तोरीको तेल

    बनाउने विधि
    सबैभन्दा पहिले मुलालाई राम्रोसँग पखालेर सुकाउनुपर्छ।सुकेको मुलालाई मसिनो र एकनासको टुक्रामा काट्नुपर्छ।टुक्रा पारिएको मुलामा नुन राखेर दुई घन्टा जति घाममा राख्नुपर्छ। एउटा कराइमा तेल राखेर चुलोमा राख्ने। तेल तातिसकेपछि त्यसमा मेथी,अजवाइन,रायोको दाना र सौफ राखेर हल्का भुट्नुपर्छ।यसरी भुटिएको मसलालाई एउटा भाँडोमा राख्ने। फेरि त्यही कराइमा तेल राख्ने।

    तेल तातीसकेपछि मसिनो गरी काटिएको मुला राख्ने। हल्का आँचमा दुई मिनेटजति भुटिसकेपछि बन्द गर्ने। भुटिसकेको मुला चिसो भएपछि त्यसमा अघि तयार पारिएको मसला,हिङ,बेसा,खुर्सानीको धूलो, र आवश्यकअनुसार नुन मिसाउने। मुलाको अचार दुई तीन दिन घाममा राखेपछि खानलायक हुन्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक १०, बिहीबार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP