• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको आन्तरिक उडान

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको आन्तरिक उडान

    काठमाडौं । बुद्ध एयरको सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुने भएको छ। अंग्रेजी वर्ष २०२३ को १ जनवरी अर्थात् पुस १७ गतेदेखि उक्त उडान सञ्चालनमा आउन लागेको हो।

    बुद्ध एयर पोखराबाट काठमाडौंलगायत हरेक गन्तव्यलाई क्रमशः जोड्दै लाने विज्ञप्तिमार्फत जनाएको छ। नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान पनि गर्नेछ।

    नयाँ विमानस्थल भौतिक पूर्वाधारले निकै राम्रो रहेको बताइएको छ। यस विमानस्थलमा आईएफआर प्रविधि पनि जडान गरिएको छ। अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिने बताइएको छ। ‘सबै उडान भर्न पूरा तयारी गरेको छ। यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्‍याउन र्‍याम्प बस राखेको छ।

    यात्रुजहाज र टर्मिनल भवन आउजाउ गर्न र्‍याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका लागि चेक–इन् काउन्टर नं. ३, ४ र ५ तोकिएको छ,’ कम्पनीले जानकारी दिएको छ। नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रु टिकटमा उल्लेख गरिएको समयभन्दा दुई घण्टाअगावै विमानस्थल पुगी चेक–इन् गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ।

    अन्तर्राष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयर पोखराबाट भारतको वाराणसी पनि उडान भर्नेछ। बुद्ध एयरसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज छ। निकट भविष्यमै बुद्ध एयरले थप तीन वटा एटीआर–७२ भित्र्याउन लागेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ पुष २७, बुधबार १३:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP