काठमाडौं । टु–ह्विलर्स कम्पनी टीभीएसले विराटनगरमा अपाची अनर्स ग्रुप (एओजी) राइड कार्यक्रम सम्पन्न गरेको छ । रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक ग्राहकको समूह बनाएर एओजी राइड कार्यक्रम सञ्चालन गरेको कम्पनीको भनाइ छ ।
विराटनगरस्थित महेन्द्र चोकबाट सुरु भएको राइड नेता चोक-विराट चोकदेखि इटहरी- इनरूवा हुँदै कोशी टप्पुस्थित अकवा बर्ड ई-को रिसोर्टमा पुगेर सम्पन्न भएको कम्पनीले जनाएको छ ।
विभिन्न पेशामा सहभागी ३५ जना राइडरहरूले एओजीमा सहभागिताका लागि छनोट गरेको थियो । एओजीमा सहभागिताका लागि २०० भन्दा धेरै आवेदन परेको र यो संस्करणका लागि दर्ता गरेका मध्ये बाँकी राइडरहरूलाई विराटनगरमै आयोजना हुने अरू संस्करणमा सहभागिता गराउने कम्पनीले बताएको छ ।
विराटनगरसँगै अरु ठाउँमा पनि एओजी राइडका लागि दर्ता प्रक्रिया खुला गरिसकेको र नेपालका विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गरी सकेको कम्पनीले जनाएको छ । एओजीमा सहभागी भई विभिन्न राइडमा मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पनि सहभागी हुने मौका पाइने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका प्रोडक्ट मेनेजर प्रशान्त राजभण्डारीले अपाची राइडर्सहरुको उत्साह देखेर निकै खुशी लागेको भन्दै चाँडै नै एओजीबाट फेरी अर्को यात्रा सञ्चालन हुने बत ए । एओजी राइडमार्फत नेपालमा अपाची राइडर्सहरुको समूहलाई बलियो बनाउँदै ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास स्वरुप कार्यक्रम सञ्चालन गर्ने गरिएको उनको भनाइ छ ।
कोशी टप्पु स्थित अकवा बर्ड ई-को रिसोर्ट पुगेका सन्दिप पोख्रेलले एओजीमा सहभागी हुँदाको आफ्नो अनुभव सेयर गर्दै भन्छन्, ‘हामीले मार्शलसँग धेरै सवारी प्रविधिहरू सिक्नुका साथै नयाँ साथीहरू भेट्न पाएका छौं । विराटनगरमा आयोजना हुँदा आफू जस्तै अपाची प्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा खुसी नै बेग्लै लागेको छ । अब आउने दिनमा पनि टीभीएसले यस्तो कार्यक्रम आयोजना गर्नेछ भन्ने आशा राख्दछु । राइडमा साथीहरू पनि बनाएँ र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाएँ।’
प्रतिक्रिया